Saturday, September 18, 2010

Tuesday, April 20, 2010

एउटा यस्तो गीत लेखौ०६६ पुस २५

एउटा यस्तो गीत लेखौ०६६ पुस २५

आउ साथी हात देऊ एउटा पहाड चढ्नु छ

हामी सबै जुटेर नयाँ दिन पढ्नु छ

कर्मयोगि हातहरु सिर्जनामा लगाउने

कोठेबारी मुन्तिर फलफूल लगाउने

आउ साथी साथी साथ देउ

एउटा तल्ला थप्नु छ

हाम्रै नयाँ घरमा विधुत जडान गर्नु छ

गाउँ घरमै पुर्याउने इमेल र इन्टरनेट

घरै बसि गर्ने हो आफन्तसंग भेट

आउ साथी आँखा देऊ

एउटा दृष्य हेर्नु छ

तिमी हामी मिलेर

इतिहाँस फेर्नु छ ।

Wednesday, January 13, 2010

विश्व नागरिक ६६पुस १९ ल।पु

६६पुस १९ ल।पु
मेरो पृथ्वी
जहा म जन्मेको छु
मेरो जीवन नै
पा्नी माटो र हावा हो
मलाइ मावन निर्मीत पर्खालहरुले
छेक्नुहुदैन
कृतिम सिमानाले मलाइ
रोक्नुहुदैन
मैले निसंकोच
पेस्फीकमा नुहाउन पाउनुपर्छ
अन्र्टाटीकामा मैले चिप्लीखेल्न पाउनुपर्छ
मेरो र्धितलाइ मैले छाम्न पाउनुपर्छ
सहारामा विरुवा रोप्ने अधिकार छ मलाइ
झुलनको बगैचामा मालीबन्ने अधिकार छ मलाइ
काडेभ्याकुर र कंगारो कसैका पेवा होइनन्
ती पृथ्वीका जीव हुन्
मेरो परिचय मानव हो
भिसा र पासपोर्टरुपि दाम्लमहरुले
बाँध्न नखोज मलाइ
म पृथ्वी कोम मान्छे हुँ
यो विना म वाच्न सक्दिन
कालो गोरोको वर्णमा नछुट्याउ मलाइ
क्षेत्र लिङग र जातमा नटुक्याउ मलाइ
ए मानव
खै तिमीले दिएको स्वतन्त्रता
सिमानाको हकमा
नागरिकको हकमा
राष्ट्रियतको नाउमा
तिमीले भेडाहरु थुनिरहेछौ
मान्छे जन्मदै गरीव हुदैन
कुरुप हुदैन
आज मान्छेले मान्छेलाइ
जोतिरहेको छ
अधिकारको नाउमा
राष्ट्रियताको नाउमा
पार्टी र राजनीतिको नाउमा
धर्मको नाउमा
आज मान्छेले मान्छेलाइ
गोरु बनाए
भेडा बनाए
राक्षस बनाए
अनि कसै कसैलाइ
भगवान बनाएर पुजे पिन
यस्तै बाँडफाँट भित्र
फेरि हामी थुनिदैछौ
घरभित्र
एउटा बन्द कोठाभित्र
त्यहि सिमाना भित्र
जात भित्र
लिङग भित्र
क्षेत्र भित
तर म
पृथ्वी भित्र
केवल मानव हु
मेरो देवता पृथ्वी
म स्वतन्त्र प्राणी
सत्य केवल प्रकृित
पृथ्वी सुर्य चन्द्र र ताराहरु
कृतिम पर्खालहरुले
सत्य ओझेलिएको छ
आँखामा पटिटहरु छन्
यि खुल्नेछन्
त्यसवेला तपाइ पनि
यो नागरिकता स्वीकार्नुहुनेछ……॥

Tuesday, January 5, 2010

Sunday, September 20, 2009

खोजी दशैको २०६६ असोज २

एउटा युद्धको दसकभित्र
......... काखहरु
पुछिएका सिउदाहरु
के तिमीले पुर्ताल गर्न सक्छौ
वेपत्ता परिवार
लुटिएका अस्मीता
बेखबर सिम्माहरु
के फर्काउन सक्छौ
यदि सक्दैनौ भने
थालमा आशु बगाउदै
म चोक्टा लुछ्न सक्दिन
शुभकामना बाँढ्न सक्दिन
रुकुम र रोल्पा दुख्दा दुख्दै
ज्ाजरकोट दुख्यो
एम्बुस र बारुद खाँदा खाँदै
हैजा खाएर जानु पर्यो
अकाल मृत्युको परीक्षा दिनुपर्यो
एक ढिका नुन
एक छाक अन्नको हाहाकारमा
म कसरी शुभकामना साटौ
नौ दुर्गा तिम्रा धेरै हालहरुले
हिमालीहरुलाई
पहाडिहरुलाई
मधेसीहरुलाई
के बराबरी दही र अक्षता लगाउन सक्छन
यदि सक्दैनन् भने
आत्माभरि विखण्डनको ज्वारभाटा तताउदै
किन निधार रंगाउने
हरेक बर्ष मान्यजनले दिएका आर्शिवादहरु
खै किन उल्टो खेदीरहेछन्
शहिदका आमाहरु…॥
आमा शहिदहरु…।
पोहो संगै दशै मनाएर छुटेका
दाजुभाइहरु
लडाइमा जनताहरु
यत्र तत्र छरिएका लासहरु
आँखाको डिलबाट चुहिरहेका आशु
खै कस्तो आर्शिबाद
सम्झनै मन लाग्दैन………
रगतले नुहाएर आएकाहरु
रगत पिउनेहरु
......... शहिदको गीत गाउछन्
अर्को हुल जो शहिद उत्पादन गर्छन
आज यि दुवै मिलेर खेल खेलीरहेछन
रेफ्री विनाको मैदानमा
यी दुबै हार स्वीकारदैनन्
गोल पोष्ट भत्काएर फुटबल खेलीरहेछन्
खसीका साँप्रामा लुछालुछ चल्दैछ
जनताको सर्वोच्ताको नाउमा
फेरि एकमुरी रगत माग्दैछन
के अर्को दशैमा हामी रहन्छौ
पुराना मुसाहरु ज्ाहाजभरि छन्
जहाज प्वाल पार्नमा व्यस्त मुसाहरु
गिद्धहरुले परेवाको गोठालो गरिरहेको वेला
भो शान्तिको गीत नगाऔं
देवीहरुको हत्या गरेर
दानवहरुले नै मनाइ रहेको दशैमा
के शुभकामना दिऊ
बरु एउटा संकल्प गरौ
एक दशकका दशै जस्तो
शुभकामना नबाडौं
हामी सबैको दशैको खोजी गरौ…………

Thursday, September 17, 2009

गजल

हासो खोज्दा आँशु नियतीको खेल हो
श्रमविना आराम खोज्दा बालुवाको तेल हो

प्याजको पत्रा जस्तै पत्रै पत्रा यो जीवन
लोहोरो र सिलौटामा मसलनको मोल हो

यति गर्छु उति गर्छु आसै आशा यो जीवन
एकै छिन मरुभूमी एकैछिन भेल हो

मह र घिउमात्र खोजिरहने यो जीवन
रेडियोमा सकिएको मात्र एउटा सेल हो

जीवन साथी राम्रो खोज्ने अमुल्य यो जीवन
सौभाग्यले कोरील्याको नेवारनीको वेल हो

गीत

जती गायो उती मधुर एउटा मिठो गीत जिन्दगी
जती लायो उती थोरै एउटा अपुग प्रीत जिन्दगी

थाहा छैन दौडिरहन्छन् अनिश्ची यी पाइलाह
दिन संगै थपिरहन्छन् खूसी माग्ने थैलाहरु
जति बस्यौं बस्रु लाग्ने एउटा मीठो शीत जिन्दगी
जति लायो उति थोरै एउटा अपुग प्रीत जिन्दगी

भोकै हुन्छन् असिमीत यि चहाना र इच्छाहरु
तिर्खाइरहन्छन् समूद्रमै खुसी खोज्ने मनहरु
ज्ति हिड्यो हिडु लाग्ने एउटा अविरल रीत जिन्दगी
जति लायो उति थोरै एउटा एउटा अपुग प्रीत जिन्दगी